इच्छकामना

नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते, एकको अवस्था गम्भिर

Banner

चितवन, भदौ २९-

नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रक ठक्कर खाँदा सडकसमेत दुईतर्फी अवरुद्ध भएकाले खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । विपरीत दिशामा रहेका ट्रक इच्छाकामना गाउँपालिका वडा नं. ५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् ।

विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरीले जनाएको छ । उपचारको लागि घाइतेहरुलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>