समाचार

कर्फ्यूले सुनसान ललितपुर

Banner

काठमाडौँ, भदौ १९–

आज ललितपुर क्षेत्र सुनसान बनेको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले आज ललितपुरको चक्रपथ क्षेत्रभित्रको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ।

मछिन्द्रनाथको रथ तान्ने विवादमा बिहीबार स्थानीय र प्रहरीबीच दिनभरिजसो भिडन्त भएपछि थप अप्रिय घटना हुन नदिन शुक्रबार बिहानैदेखि ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो।

कर्फ्यूको समयमा आवतजावत गर्न, भेला हुन र जुलुश निकाल्न रोक लगाइएको छ। स्वास्थ्य सेवा, प्रेस, दमकल, लगायत अन्य अत्यावश्यकीय सेवामा भने रोक लाग्ने छैन।

कर्फ्यूका कारण सर्वसाधारणहरु घर बाहिर निस्कन पाएका छैनन्। कर्फ्यू जारी भएको क्षेत्रमा सुरक्षाकर्मीले कसैलाई पनि घर बाहिर निस्कन दिएको छैन। कर्फ्यूको आदेश उल्लंघन गरी कोही घरबाट बाहिर निस्केमा सुरक्षाकर्मीले गोली समेत हान्न सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>