Breaking News

भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, भदौ १८–

चितवनमा आज (बिहीबार) साँझ थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत पूर्वीचितवन राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको आज साँझ ५ः१० मा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला तीन महिनादेखि मिर्गौलाले काम गर्न छाडेपछि डायलाइसिस गर्दै आएकी थिइन् । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिला भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल पुगेकी थिइन् । कोरोना परीक्षण गर्दा हिजो (बुधबार) उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा थप जटिलता थपिदै गएपछि उनलाई कोभिड आइसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अथक प्रयासको बाबजुद ती महिलाको कोरोना र निमोनियाका कारण आज मृत्यु भएको अस्पतालको कोभिड–१९ कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>