समाचार
बागलुङमा चट्याङले लागेर एकको मृत्यु
०

गलकोट, भदौ १७-
बागलुङमा अविरल वर्षसँगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वर्षीय अशोक बुढाको चट्याङ लागेर गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घर नजिकैको पसलमा आवश्यक सामग्री खरिद गरेर फर्कने क्रममा मङ्गलबार साँझ अविरल वर्षासँगै परेको चट्याङले लागेर बेहोस भई लडिरेहेका अवस्थामा स्थानीयले उद्धार गरी घरमा राखिरहेको अवस्थामा गएराति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























