समाचार
पहिरामा पुरिएर मृत्यु
०

पाल्पा, भदौ १७-
तिनाउ गाउँपालिका–३ स्थित श्रीडाँडामा ढुङ्गासहितको पहिरो खस्दा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
पहिरो खस्दा घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रउ गिरीले बताउनुभयो । सोमैकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन् । उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























