खैरहनी
होम क्वारेन्टिनमा बसेका खैरहनीका २ जनामा कोरोना संक्रमण
०

चितवन, भदौं १४–
होम क्वारेन्टिनमा बसेका खैरहनी नगरपालिकाका २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिका–१ का २४ वर्षीय पुरुष र ४९ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।
योसंगै खैरहनीमा संक्रमितको संख्या ४३ पुगेको छ । यसअघि धुलिखेलमा गरिएको परीक्षणमा २ स्वास्थ्यकर्मीसहित १२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय खैरहनीमा पनि संक्रमण फैलदै गइरहेको छ ।
नगरपालिकाले सबै नगरबासीलाई सतर्क भएर सावधानीपूर्वक बस्न आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























