अन्तर्राष्ट्रिय

स्वास्थ्य अवस्था बिग्रिएपछि जापानका प्रधानमन्त्रीले राजीनामा दिर्दै

Banner

टोकियो, भदौ १२

जापानका प्रधानमन्त्री शिन्जो आबे स्वास्थ्यका कारण पदबाट राजीनामा गर्न लागेका छन्।

स्वास्थ्य अवस्था बिग्रिएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।

‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उनीनिकट स्रोतले भनेको छ।

आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>