कालिका

कालिका नगरपालिकाबाट ९ वटा साइकलमा अवैद्य सालको काठ बरामद

Banner

चितवन, भदौं ११

चितवनको कालिका नगरपालिका–३ मिलनचोकमा बिहीबार बिहान प्रहरीले १० थान आलो सालको मुडासहित ९ वटा साइकल बरामद गरेको छ ।
साइकलमा अन्दाजी १५ क्युफिट सालको काठ लोड गरी थानखोलाबाट पदमपुर तर्फ जाँदै गरेको गस्तीका प्रहरीले देखेका थिए ।
प्रहरीलाई देखेपछि काठ ओसार्न सक्रिय व्यक्तिहरु साइकल र काठ छाडेर भागेकोे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङले बताउनु भयो । थानखोला सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि समेतको रोहबरमा बरामद सालको काठ तथा काठ बोक्न प्रयोग साइकलहरु नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रमुख गुरुङले जानकारी दिनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>