समाचार

प्युठानका एक कोरोना बिरामीको मृत्यु

Banner

झिमरुक, भदौ ५-

प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड –१९ फोकल पर्सन पुष्कल श्रेष्ठले बताउनुभयो ।

गत साउन २६ गते भारतबाट आएर क्वारेन्टिनमा बस्नुभएका उहाँको कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएको थियो । सास फेर्न गाह्रो भएको र ज्वरो आएकाले उपचारका लागि यही भदौ १ गते उहाँलाई बुटवल पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँ मधुमेह र र रक्तचापका बिरामी हुनुहुन्थ्यो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>