क्रिकेट
सीपीएलः सन्दीपले लिए एक विकेट
०

काठमाडौं, भदौं ३–
क्यारेबियन प्रीमियर लीग (सीपीएल) टि–ट्वान्टी क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।
आज जमैका तलावाजबाट आफ्नो पहिलो खेल खेल्दै सन्दीपले पुरा ओभर बलिङ गर्दै एक विकेट लिएका हुन् ।
सन्दीपले ४ ओभरमा २३ रन खर्चिएर एक विकेट लिएका हुन् । सन्दीपले १२ वटा डटबल फालेका थिए भने एक चौका र एक छक्का दिएका थिए ।
जमैका तलवाजले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























