साहित्य
श्रेष्ठको तीज गीत: कोरोनाको कहर छायो बरिलै
यो कस्तो कोरोना देशभरी नै छायो
मान्छेबाट मान्छेलाई रोग सार्ने गरायो
हिडडुल गर्न रोकी घरभित्रै बन्दी बनायो
व्यापार व्यवसाय सबै चौपट्टै बनायो
गरिब निमुखा भोकभोकै बस्नु पर्यो
यो कस्तो नियती हामीले भोग्नु पर्यो
कोरोनाको कहर छायो बरिलै…
दीनदुःखीको सेवामा समाजसेवी जुटे
डाक्टर र नर्सहरू बिरामीको सेवा गरे
जनताको सेवामा सुरक्षाकर्मीहरू लागे
राष्ट्रसेवक कर्मचारीले निरन्तर कार्य गरे
कसैलाई छाडेनन् निरंकुश कोरोनाले
देश विकाश ठप्प भो कोरोना कहरले
कोरोनाको कहर छायो बरिलै…
राष्ट्रको ढुकुटी रित्तिदै गयो
व्यवसायी कर तिर्न बाध्य भयो
बिजुली पानी घर भाडा तिर्नै पर्यो
जनतासँग भएको पैसा सक्किगयो
ऋणिले बैँकमा ल्याप्चे लाउनु पर्यो
यो कस्तो डरलाग्दो कहर बनी आयो
कोरोनाको कहर छायो बरिलै…
मान्छेसँग मान्छेनै भेट्न डरायो
मुख छोपी बस्नलाई बाध्य बनायो
विद्यालय कलेज सबै बन्द गरायो
विद्यार्थीको पढ्ने अवसर बञ्चित गरायो
कति धेरै मान्छेहरूको कमाइ रोकियो
ज्यालादारी मजदुरलाई बिचल्ली बनायो
कोरोनाको कहर छायो बरिलै…
( विज्ञानलाल श्रेष्ठ, नारायणगढ)