क्रिकेट

धोनीपछि सुरेश रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Banner

काठमाडौं, साउन ३१–

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको केही समय पछि नै समकालिन क्रिकेट सुरेश रैनाले पनि सन्यासको घोषणा गरेका छन् । आज साँझ ट्वीट गर्दै रैनाले पनि सन्यासको घोषणा गरेका हुन् ।

रैनाले आफ्नो क्रिकेट करियरमा १८ टेस्ट खेलेका छन् । जसमा उनले एक शतकको साथ ७६८ रन बनाएका छन् । यसका साथै रैनाले भारतका लागि २२६ एकदिवसीय खेल खेलेका छन् । यसमा रैनाको नाममा ५ वटा शतक रहेको छ भने ५ हजार ६१५ रन बनाएका छन् ।

यस्तै रैनाले ७८ वटा अन्तर्राष्ट्रि टि–ट्वान्टी खेल खेलका छन् । जसमा एक हजार ६०४ रन बनाएका छन् । जसमा उनको एक शतक समेत सामेल छ ।
अलराउण्डर रैना भारतीय टिममा मध्यक्रममा व्याटिङ गर्दथे । रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि आइपीएल भने खेल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>