क्रिकेट

अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले लिए सन्यास

Banner

काठमाडौं, साउन ३१–

भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । धोनीले इन्स्टाग्राममा एउटा भिडियो पोष्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

अब भारतीय क्रिकेट टिमका लागि धोनीलाई खेलेको देख्न पाइने छैन । तर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए पनि धोनीले आइपीएल भने खेल्ने छन् ।

आफू सन्यास लिएको घोषणा गर्दै धोनीले लेखेका छन्–‘मलाई माया, समर्थन र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद, आज साँझ ७ः२९ बजेदेखि म रिटायर भएको सम्झिदिनु होला ।’ उनले यो स्टाटससंगै एउटा भिडियो समेत पोष्ट गरेका छन् ।

३९ वर्षीय क्रिकेट धोली यसअघि टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरि सकेका थिए । टेस्टबाट सन्यास लिए पनि एकदिवसी र टि–ट्वान्टी प्रतियोगितामा धोनी खेल्दै आइरहेका थिए ।

धोनी टेस्ट, एकदिवसीय र टि–ट्वान्टी गरि तिनवटै विधाको टिमको कप्तान समेत भएका थिए । उनको नाममा थुप्रै अन्तर्राष्ट्रिय किर्तिमान समेत बनेका छन् ।

सन् २००४ बाट बंगलादेशविरुद्ध खेल्दै धोनीले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटको सुरुवात गरेका थिए । धोनीले ९० टेस्ट, ३५० एकदिवसीय र ९८ वटा टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>