समाचार

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

Banner

काठमाडौं, साउन ३१-

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १०२ पुगेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको बताए।

प्रवक्ता गौतमका अनुसार कविपलबस्तु, पर्सा र धनुषाका तीन पुरुषको मृत्यु भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>