समाचार

राहत सामग्रीसहित लिदि पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक लागे गृहमन्त्री बादल

Banner

काठमाडौं, साउन ३०-

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिका पहिरो पीडितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर ‘बादल’ सिन्धुपाल्चोक प्रस्थान गरेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा गृहमन्त्री बादल, गृहसचिव महेश्वर न्यौपाने त्यसतर्फ लागेका छन्। गृहमन्त्री बादलले राहत सामग्री पनि लिएर गएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए।

शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पुरिएको थियो । बेपत्ता सबैको पहिचान खुलेको छ । यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>