अन्तर्राष्ट्रिय

चीनको युनान पुग्यो सलह, १० हजार हेक्टरभन्दा बढी क्षेत्रको बालीनाली सखाप

Banner

कुनमिङ, साउन २०–

चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् ।

मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तिब्र गतिमा सक्रिय भएका पाइएको छ ।

स्थानीय अधिकारीहरुले सलह फैलिन नदिन ड्रोन मार्फत विषादी छर्कनेक्रम जारी रहेको छ । यहाँ गत जुन २८ मा पहिलो पटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।

विज्ञहरुको भनाईमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ, तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।रासस–सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>