अन्तर्राष्ट्रिय
कोरोना संक्रमणका कारण उत्तर प्रदेशकी एक क्याबिनेट मन्त्रीको मृत्यु
०

काठमाडौं, साउन १८-
कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ ।
भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको हो ।
उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् ।
कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । उनलाई गत जुलाई १८ तारिखमा कोरोना संक्रमण पुष्टि भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























