प्रवास

जापानको कावासाकीमा ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट खुल्यो

Banner

कावासाकी, साउन १५–

जापानमा पछिल्लो समयमा नेपाली रेस्टुरेन्टहरू खुल्ने क्रम बढ्दै गएको छ । यसै क्रममा यही अगष्ट १ तारिक शनिबारदेखि कावासाकी र क्योकु–कावासाकी स्टेसन नजिकै “ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट” को संचालन गरिने भएको छ ।

जापानमा रहेका नेपालीहरू सहित अन्य विदेशी र जापानीजहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि ससुरालीको संचालन गरिन लागेको ससुराली समूहका प्रवन्ध निर्देशक ढुण्डिराज आचार्यले जानकारी दिनुभयो । “पछिल्लो समय जापानमा नेपाली रेस्टुरेन्टहरू खुल्ने क्रम बढ्दो रहे पनि हामी भने त्यो भीडमा अलग्गै बन्नेमा हाम्रो विश्वास छ,”आचार्यले भन्नुभयो, “नेपालीहरूको लागि विशिष्ट विशेषता रहने ससुराली झैं हाम्रो रेस्टुरेन्ट पनि साँच्चिक्कै सबैको ससुराली झैं हुनेछ ।”

जेआर कावासाकी स्टेसनबाट पैदल करिव ३ मिनेट र केइकु कावासाकी स्टेसनबाट पैदल करिव १ मिनेटको दूरीमा मात्रै रहेको ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा २ सय जनासम्म अटाउन सक्ने क्षमताको छुट्टा–छुट्टै कोठाको ब्यवस्था रहेको ब्यवस्थापनले जनाएको छ । सो रेस्टुरेन्ट एकीमाए होन्चो २०–१ मा रहेको क्योदो बिरूको पाँचौं र छैठौं तल्लामा संयुक्त रूपमा संचालनमा ल्याइने भएको छ ।

प्रवन्ध निर्देशक आचार्यले ससुराली नेपाली टिपिकल रेस्टुरेन्टमा रहेको खानाको मूल्य अहिलेसम्मकै सबैभन्दा सस्तो रहेको दावी गर्दै मूल्यको हिसाबमा खानाको स्वाद, गुणस्तर र मात्रामा कुनैपनि सम्झौंता नगर्ने स्पष्ट पार्नुभयो । “हामी ससुरालीमा आएका कुनैपनि ग्राहकलाई पूर्ण सन्तुष्टि दिनमा प्रतिवद्ध छौं,”उहाँले भन्नुभयो, “कुनैपनि ग्राहकले खानामा कुनैपनि किसिमको कमजोरी स्पष्ट कारणसहित देखाउनु भयो भने त्यो खानाको पैसा नलिनपनि तयार छौं ।”

पारिवारिक भेटघाट, विभिन्न कार्यक्रम, विवाह–व्रतवन्ध, जन्मदिन, पास्नी, बेवी सावर, चाडवाडको जमघट, वार्षिकोत्सव, स्वागत–विदाई आदिका लागि ससुराली नेपाली टिपिकल रेस्टुरेन्ट नै उत्कृष्ट रोजाई र स्थान हुनेमा ससुराली समूहको विश्वास छ । दशकौंदेखि विभिन्न होटलमा सबै किसिमका स्वादहरू दिन सक्ने गरी उत्कृष्ट रूपमा कुक काम गर्दैं आएकाहरूबाट विभिन्न सर्वोत्कृष्ट परिकारहरू तथा खाना तयार गरिने ससुराली नेपाली टिपिकल रेस्टुरेन्टको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>