समाचार

वीरगन्जमा डाक्टर, प्रहरी र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन १४-

पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणबाट सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उपाध्यायले दिएको जानकारीअनुसार नारायणी अस्पतालमै कार्यरत एक चिकित्सकसहित एक सैनिक, २ प्रहरी र २ जना कारागारका कर्मचारीलगायत थप ३४ जनामा कोरोना संक्रमण देखिएको हो । साथै संक्रमितमा ६ कैदीबन्दी पनि छन् ।

संक्रमित २ वर्षदेखि ६५ वर्षसम्म उमेरका छन् भने २० जना वीरगन्जका मात्रै हुन् ।

उनका अनुसार संक्रमण पुष्टि भएका व्यक्ति अहिले कोही घरमै त कोही सरकारले व्यवस्था गरेको क्वारेन्टिनमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>