समाचार

पर्सामा ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौँ, साउन १३–

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

३ जना स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी कोरोना विशेष अस्पतालका डाक्टर उदय नारायण सिंहले ३ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । सिंहका अनुसार नारायणी अस्पतालमा कार्यरत दुई डाक्टर र एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिएका १५ जना संक्रमितमा एकजना बाराका, एकजना इलामका र अन्य पर्सा जिल्लाका रहेका छन् । उनीहरुमध्ये केहीमा कोरोनाको लक्षण पनि रहेको डाक्टर सिंहको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>