Uncategorized

खैरहनी नगरपालिकाको पाँच ठाउँमा वृक्षरोपण

Banner

आशिष उप्रेती

चितवन, साउन १२-

लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त आयोजनामा खैरहनी नगरपालिका–२ फूलबारी टोल विकास समितिको भित्रि बाटोमा आज वृक्षरोपण गरिएको छ ।

लियो क्लब अफ चितवन पर्साले विभिन्न पाँच ठाउँहरुमा असहायका लागि सहयोगी हातहरु र युथ गर्लस् क्लब नामका सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न क्लबसँग सहकार्य गरी लदरी खोला किनार, खैरहनी नगरपालिका–१३ को हात्ती काउन्टर र पन्चकन्या मावि जिरौनाको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम गरिसकेको छ ।

विश्वमा रहेका मानिसलाई बचाइरहेको रुख बिरुवालाई संरक्षण गर्नुपर्छ भनेर वृक्षरोपण कार्यक्रम गरिएको कार्यक्रमका संयोजक नितिन बस्नेतले बताए । विभिन्न जातका बिरुवा गरी करिब १५० बढी बिरुवा रोपिएको उनले बताए । हामी मानव जातिलाई बचाउने पृथ्वीलाई हामीले पनि बचाउनु पर्छ भन्दै विरुवा उपलब्ध गराउनु हुने लियो आयुस बाँनियालाई विशेष धन्यवादसमेत दिए । वृक्षरोपण कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका प्रेसिडेन्ट एड्भाइजर अञ्जन चौधरी र डिष्ट्रिक डाइरेक्टर रुपेश भट्टद्वारा अशोकको बिरुवा रोपी वृक्षरोपण कार्यक्रमको सुरुवात गरिएको थियो । सन्दिप अधिकारीको अध्यक्षतामा वृक्षरोपण कार्यक्रम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>