समाचार

विराटनगरमा आजदेखि अत्यावश्यक बाहेक सबै सेवा बन्द

Banner

काठमाडौं, साउन १२-

कोरोना संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना बढेपछि मोरङको विराटनगर महानगरपालिकाले आज (सोमबार) देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

मेयर भीम पराजुलीको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी) बैठकले यस्तो निर्णय गरेको हो।

नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिशबाहेक अन्य सबै सेवा स्थागित गर्ने निर्णय महानगरपालिकाले गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>