Breaking News

चितवनका थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११२ पुग्यो

Banner

चितवन, साउन ५–

चितवनका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

आज (सोमबार) भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं.१६, २८, २० का २२ देखि ५५ वर्ष उमेर समूहका चार पुरुष रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनका अनुसार संक्रमित सबै क्वारेन्टिनमा रहेका छन् ।

यससंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>