कर्पोरेट

सोनम ब्रान्डद्वारा शिक्षण अस्पताललाई पीपीई सहयोग

Banner

काठमाडौं, साउन ४-

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले काठमाडौँको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई १०० थान व्यक्तिगत सुरक्षाकवच (पीपीई) सहयोग गरेको छ ।

कम्पनी प्रेषित गरेको विज्ञप्तिअनुसार कम्पनीका संस्थापक तथा सीईओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलाई उक्त पीपीई हस्तान्तरण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कर्तव्य हो,’ सिईओ टासीले भने ।

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>