चितवन विशेष

चितवनका पत्रकार विनोदबाबुको ‘एकान्तवास’ लोकार्पण

Banner

विप्लव काफ्ले,

चितवन,साउन ३-

पत्रकार विनोदबाबु रिजालको पहिलो कृति ‘एकान्तवास’ को लोकार्पण गरिएको छ । कोभिड–१९ (कोरोना भाइरस) को महामारि नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफोरोमा लेखिएको कृति हो । कृतिको शनिबार साहित्यकार गोविन्दराज विनोदीले लोकार्पण गरे । कृतिको समिक्षा गर्दै साहित्यकार तथा पत्रकार बालकृष्ण थपलीयाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटना, तथ्यांक र अनुूतिलाई रोचक ढंगले समावेश गरिएको बताए । “यो डायरी पढिरहदा हामी उनीसँग रुन सक्छौँ, हास्न सक्छौँ”, उनले भने, “कतै इतिहास सम्झाएका छन्, कतै जीवनका आरोह अवरोह सम्झेका छन् ।” चैत ८ देखि असार १ सम्मको ११ दिन बाहेक ७५ दिनलाई समेटेको बताए । ७८ शिर्षकमा रिजालले डायरी लेखेको छन् । यो पुस्तकमा २ सय ६० पृष्ठ छन् । “कोरोना नियन्त्रण र रोकथामका लागि भएका पहल पनि समेटिएका छन्”, उनले भने, “समाचारमात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्तावेज पनि हो ।”

पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । उनी १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशिल छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेको उनी एलएलवी पनि गर्दैछन् । व्यवथापनतर्फ कक्षा ११ र १२ मा कविलास माविमा अध्यापन पनि गर्छन् । धादिङको वेनघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन् ।

साहित्यकार गोविन्दराज विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताउँछन् । “असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ”, उनले भने, “राम्रो कृति आएको छ, ‘न्यूज’, ‘भ्यूज’ को संमिश्रण छ ।” एकान्तवासमा साधना गरि निकालेको कृति उपयोगी हुने बताए । पत्रकारपनि साहित्यको क्षेत्रमा अघि बढेको अनुभव गरेको बताए । साहित्यकार एलवी क्षेत्रीले एकान्तवासको असहनीय पीडा भोगेपनि मिठो कृति ल्याएकोमा खुशी व्यक्त गरे । साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्तावेजका रुपमा रहने बताए । समिक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गरे । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति दस्तावेजका रुपमा आएको बताए । “यो डायरीमात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन्”, उनले भने, “जुनसुकै भुगोलमा बसेर पढ्न मिल्ने कृति निस्केको छ ।”

लेखक तथा पत्रकार रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । “गाहिरो कल्पनामा डुबेर लेखिएको किताव होइन, कोरोना त्रास र लकडाउनको कालोदिनलाई सम्झने प्रयास गरेको हुँ ।” लकडाउनपछि अर्थतन्त्र, समाजिक जीवनमा पारेका प्रभावलाई एकिकृत गरि पुस्तकको आकार दिएको बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभाव लगायतका घटना समेटिएका छन् । कृतिमा केही कवितपनि कोरेका छन् । कृति युरेका पव्लिकेशनले प्रकाशन गरेको हो । युरेका पव्लिकेशन तथा सम्पूर्ण कितावका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकि लिपिवद्ध गरेको बताए । सापकोटाले लकडाउन अवधिका तथ्या)क मात्रै नभई त्यसले पारेका प्रभाज र आउन सक्ने चूनौती समेत समेटि कृति आएकाले पढ्न उपयोगी हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>