Breaking News

भारतमा राम जन्मेको कुनै प्रमाण कतै भेटिँदैन : अध्येता तथा समालोचक पोखरेल

Banner

अहिले प्रधानमन्त्री केपी ओलीले जे कुरा भनेका छन् त्यो कुरा निकै महत्वपूर्ण छ । नेपाल धेरै वर्षअगाडिदेखि भौगोलिक अतिक्रमणमा मात्र नभएर भारतको सामाजिक र सांस्कृतिक अतिक्रमणमा पनि पर्दै आएकोमा कुनै शंका छैन । भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ त्यो सबै नक्कली कुरा मात्र हो । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्यौलमा नै छन् । भारतको सर्वाेच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन सकेन । अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्विकार्न सकेको छैन । कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई साकेत भनेर उल्लेख भेटिन्छ ।

राम कता जन्मिए भन्ने विषयलाई बुझ्नलाई हामीले सर्वप्रथम बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने हुन्छ । बौद्ध धर्म दर्शनका पुस्तकहरु अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ । रामको विषय बुद्धको समय भन्दा केही अगाडिको विषय हो । कतै कुनै ग्रन्थमा भारतको अयोध्याको चर्चा नै भेटिँदैन ।

राजा अशोकको समय पछाडि भारतमा हिन्दू धर्मका अनुयायीहरुले बुद्ध धर्ममाथि आक्रमण गरे । त्यसपछि अब युद्ध सकियो ‘योद्धा’ अब सकिए भन्ने अर्थमा ‘अयोध्या’ नाम राखेको पाइन्छ । रामायणमा कतिपय कथा काल्पनिक भए पनि ठाउँहरु भने यथार्थरुपमा उल्लेख भएको नै भेटिन्छ । धार्मिक ग्रन्थहरुलाई नै हामीले यथार्थ ठान्दै आएका छौं । भारतका मानिसहरुले सधै अविश्वसनीय काम गर्दै आएका छन् । हामीसँग यतिधेरै प्रमाण हुँदाहुँदै पनि भारतीयहरुले बुद्ध भारतमा जन्मिएको भन्ने जस्ता कार्य गर्दै आएका छन् । राम कहाँ जन्मिएका हुन् त्यो कहाँ पर्छ भन्ने विषयमा त झन् अन्वेषकहरुले कुनै प्रमाण नै जुटाउन नसकेकोले पनि उनीहरुलाई भारतको अयोध्यामा राम जन्मिएको भन्न सजिलो भएको छ ।

माडीको अयोध्या मा नै राम जन्मिएको भन्ने एकिन तथ्य नभेटिए पनि त्यतै कतै जन्मिए की भन्ने प्रसस्त आधारहरु भेटिएका छन् । यसबारेमा उत्खनन् हुनै बाँकी छ । लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकोले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिन्छ । विसं २०६१ सालदेखि बसन्तपञ्चमीमा जनकपुर जन्ती आउने प्रचलन चलेको हो । सीता अन्माउने प्रचलन सुरु भएको छ । उनीहरुले ठाँटेर भारतमा नक्कली अयोध्या बनाएको भन्नेमा कुनै शंका नै छैन ।

(नारायणी अनलाइनका मधुसूदन दवाडीले विगत चार दशकदेखि धार्मिक तथा सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएका डीआर पोखरेलसँग गरेको कुराकानीमा आधारित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>