समाचार

कोरोना अपडेट : आज कुन जिल्लामा कतिजना थपिए ?

Banner

काठमाडौं, असार २९-

नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ४, रौतहटका ९, सिन्धुलीका १, बागलुङका २,पर्वतका १,स्याङजाका १,तनहुँका २, कपिलवस्तुका १,वर्दियाका २,दाङका २,रुकुमका २, बाँकेका १, दैलेखका २,जाजरकोटका १,सुर्खेतका ४१, ललितपुरका ५ जना रहेका छन्।

यस्तै मोरङका १, सुनसरीका १, सप्तरीका १, धनुषाका २७, महोत्तरीका ४, काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, काभ्रेका १, म्याग्दीका २, दोलखाका १, मकवानपुरका १, बझाङका २,बैतडीका २,अछामका १ र कैलालीका ११ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाईरसको संक्रमण निको भएर थप १ हजार ७०५ जना संक्रमित डिसचार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>