Uncategorized

शुक्रनगरमा स्वास्थ्य चौकी र विद्यालय भवनको शिलान्यास

Banner

चितवन, असार २९-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रनगर स्वास्थ्य चौकी भवनको आज शिलान्यास गरेकी छन् ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा स्वास्थ्य चौकी भवन (एचपीटुटाइप)को शिलान्यास गरेकी हुन् ।
भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका भित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेको बताउँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने विचार राखिन् । ४०० वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्ने गरी ७८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेले जानकारी दिए ।

त्यस्तै, महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–२५ मा रहेको जनज्योति माध्यमिक विद्यालयको चार कोठे भवन तथा विज्ञान प्रयोगशाला भवनको पनि आज शिलान्यास गरेकी छन् ।  सोमबार शिलान्यास भएको सो भवन भरतपुर महानगरपालिका, डीएलपीआई र प्रदेश सरकारको ९४ लाख रुपैयाँ लगानीमा सम्पन्न हुनेछ । भवन शिलान्यास गर्दै महानगर प्रमुख दाहालले विकासमा पछाडि परेको वडा नम्बर २५ लाई आफूले प्राथमिकतामा राखी ठूला आयोजनाहरु सञ्चालन गरेको बताइन् । वडा नम्बर २५ मा सहरी विकास मन्त्रालयको बजेटबाट प्रचण्ड मार्ग, लिङ्क रोडको काम सम्पन्न हुने चरणमा रहेको समेत बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>