समाचार

मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु, साझाले साउन १ देखि चलाउने तयारी

Banner

काठमाडौं, असार २९-

लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ ।

लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सरकारको निर्णय पश्चात संचालन भएका हुन् ।

मयुर यातायातका सञ्चालक दीपक भण्डारीले तीन वटा गाडी सञ्चालन सुरु गरेको बताए । उनले सरकारले भनेको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै गाडी सञ्चालन गरेको बताए ।

मयूर यातायातले ५० प्रतिशत भाडा बृद्धि गरेर सेवा सञ्चालन गरेको हो । अहिले मयूर यातायात बस काठमाडौं उपत्यकाभित्र संचालन भएका छन् । सरकारको निर्देशनपछि यातायात संचालन गर्ने तयारी सुरु गरेको सञ्चालक मोहन श्रेष्ठको भनाई छ ।

यता, साझा यातायातले पनि साउन १ गतेदेखि बस सञ्चालनको तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>