खैरहनी
युवाहरुको ‘क्लिन चितवन, ग्रीन चितवन, बेटर चितवन’ अभियान

चितवन, असार २१–
चितवनका युवाहरुले ‘क्लिन चितवन, ग्रीन चितवन, बेटर चितवन’ अभियान थालेका छ । ६० दिने सो अभियान अन्तरगत हरेक दिन विभिन्न् कार्यक्रमहरु भइरहेका छन् । अभियान अन्तरगत दशौं दिन आज (आइतबार) पूर्वीचितवनको चैनपुरस्थित कंकाली सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।
सामुदायिक वनमा विभिन्न प्रकारका एक सय वटा बिरुवा रोपिएको अभियानका संयोजक एवंम सामाजिक अभियन्ता सरोजध्वज भण्डारीले जानकारी दिए । उनले वृक्षरोपणका साथै सरसफाई समेत गरिएको बताए । ६० दिनसम्म चल्ने अभियानमा हरेक दिन विभिन्न स्थानहरुमा सरसफाईका साथै वृक्षरोपण गरिने बताए ।
अभियान अन्तरगत सोमबार कालिका नगरपालिकाको शक्तिखोरस्थित बजार र सिन्ती झरनाको सरसफाई गर्ने कार्यक्रम रहेको अभियन्ता भण्डारीले जानकारी दिए ।
युवा अभियन्ता भण्डारीको नेतृत्वमा विभिन्न सामाजिक कार्यहरु हुँदै आइरहेका छन् । उनले भ्रष्टचार, विसंगतीविरुद्ध आवाज उठाउँदै युवाहरुलाई सामाजिक कार्यक्रमा सक्रिय बनाई रहेका छन् । विद्यार्थी नेता समेत रहेका भण्डारी पछिल्लो समय समाज परिवर्तन गर्ने अभियानमा लागेका छन् ।
























