खैरहनी

बागमती प्रदेशमा खैरहनी नगरपालिका युवामैत्रीमा उत्कृष्ट घोषित

Banner

चितवन, असार १४–

चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ ।

राष्ट्रिय युवा परिषद्ले बागमती प्रदेशबाट खैरहनी नगरपालिकालाई युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो । युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्र्तगत युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि २०७६ अनुसार खैरहनी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कृत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।

उत्कृष्ट भएसंगै खैरहनीले ५ लाख रुपैया पुरस्कार समेत पाएको छ । सो पुरस्कार रकम युवा लक्षित कार्यक्रमका लागि खर्च गर्नु पर्ने राष्ट्रिय युवा परिषदले जनाएको छ । युवा परिषदले जारी गरेको सुचनाको म्याद भित्र सुचकहरुमा आधारित रही स्व मुल्यांकन फारम तथा विवरण पेश गरेका पालिकाहरु मध्ये प्रत्येक प्रदेशबाट उच्चतम अंक प्राप्त गर्नेमा खैरहनी परेको हो ।

मुल्यांकन समितिको जेष्ठ ३० गते गरेको सिफारिस तथा आईतवार परिषद कार्यकारी उपाध्यक्ष स्तरीय निर्णयबाट खैरहनीलाई छनौट गरेको हो । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बागमती प्रदेशमा खैरहनी युवामैत्री नगर घोषित हुनुमा सम्र्पूण नगरवासीको साथ र सहयोग रहेको भन्दै नगरका लागि ऐतिहासिक उपलव्धी प्राप्त गरेको प्रतिक्रिया दिए ।

प्रमुख चौधरीका अनुसार नगरको प्रत्येक वडामा वडास्तरीय युवा क्लव गठन, नगरस्तरी युवा संजाल गठन पश्चात युवा लक्षित कार्यक्रम, उनीहरुलाई परिचालन लगायतले उत्कृष्ट भएको दावी गरे । आगामी आर्थिक वर्षमा पनि खैरहनीले युवा लक्षित थुप्रै कार्यक्रम समावेश गरेको प्रमुख चौधरीको भनाई छ ।

प्रदेश १ बाट उदयपुरको चौदण्डीगढी नगरपालिका, प्रदेश २ बाट महोत्तरीको वर्दिवास नगरपालिका, गण्डकी प्रदेशबाट कास्कीको रुपा गाउँपालिका, प्रदेश ५ बाट दाङको तुलसीपुर उपमहानगरपालिका, कर्णाली प्रदेशबाट दैलेखको महाँवु गाउँपालिका र सुदरपश्चिम प्रदेशबाट कंचनपुरको बेलौरी नगरपालिका पनि उत्कृष्ट पालिकाको रुपमा छनौट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>