समाचार
संक्रमितको शव व्यवस्थापनमा खटिएका २ सैनिकमा कोरोना पुष्टि
०

संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना संक्रमण
पाल्पा, असार १३-
पाल्पामा कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।
नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























