चितवन विशेष

माडीमा बाढीले ट्याक्टर बगाएपछि…

Banner

चितवन, असार ११–

चितवनको माडीमा बाढीले एउटा ट्याक्टर बगाएको छ ।

रिउ खोला तर्दै गरेको ना ५ त ७५६० नम्बरको ट्याक्टरलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । लगातारको वर्षाले खोलामा पानीको बहाब उच्च भएको थियो ।

रतनी हुँदै सिमरा जाँदै गरेको उक्त ट्याक्टर बीच पानीमै बन्द भएपछि चालक र अन्य सवार व्यक्तिहरु हामफालेर खोला तरेका थिए । सो ट्याक्टर खोलामै पल्टिएको थियो । पानीको सतह घटेपछि जेसीबीको सहायताले आज दिउँसो ट्याक्टर निकालिएको माडी प्रहरीले जनाएको छ ।

ट्याक्टरको इन्जिन र अन्य भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>