इच्छकामना

इच्छाकामनाको सातौँ गाउँ सभा स्थगित

Banner

चितवन, असार १०–

चितवनको इच्छाकामना गाउँपालिकाको सातौँ गाउँ सभा स्थगित भएको छ ।

गणकपुरक संख्या नपुगेपछि आज (बुधबार) अपरान्ह बसेको गाउँ सभा स्थगित भएको हो । साँझ ६ बजे ढिला गरी सुरु भएको बैठकमा १५ जना मात्र सदस्यहरु गाउँ सभामामा उपस्थित भएपछि गाउँ सभा स्थगित भएको हो । गणकपुरक संख्याको आधारमा ५० प्रतिशत अर्थात् १८ जना उपस्थित हुनुपर्ने थियो । गाउँपालिकामा गाउँ सभा सदस्यहरुको संख्या ३५ जना रहेको छ ।

गणपुरक संख्या नपुगेपछि गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष गीता कुमारी गुरुङले गाउँ सभा स्थगित भएको घोषणा गरेकी थिइन् । उनले बिहीबार विहान ११ बजे सम्मका लागि गाउँ सभा स्थगित गरिएको जानकारी दिइन् । बुधबार गाउँपालिकाका विभिन्न ४ वडाका वडाध्यक्ष सहित बहुमत सदस्यहरु उपस्थित भएका थिएनन् ।

वडा नम्बर १ का वडाध्यक्ष नन्दुलाल गिरीले आफूहरुको विभिन्न मागहरु पूर्णरुपमा सम्बोधन नभएकाले गाउँ सभामा उपस्थित नभएको प्रतिक्रिया दिए । इच्छाकामना चितवनको एक मात्र गाउँपालिका हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>