समाज
पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुग्यो
०

पाल्पा,असार ९-
तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो ।
घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् । झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताउनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























