अर्थ

सुनको भाउमा दिनदिनै रेकर्ड, तोलाको कति पुग्यो ?

Banner

काठमाडौँ, असार ८-

दुई महिनाभन्दा बढी कारोबार बन्द भएर गएको जेठ २५ गतेदेखि बजार खुलेको सुनको मूल्यमा दिनदिनैजसो रेकर्ड बनिरहेको छ ।

आइतबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज पनि तोलामा ४ सय रुपैयाले बढेर प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर ९१ हजार पुगेको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य ९० हजार ५६४ रुपैयाँ प्रतितोला तोकिएको छ भने चाँदीको ९५० रुपैयाँ ।

लकडाउन हुनु अघिल्लो दिन चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>