कालिका

चितवनमा मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु

Banner

चितवन, असार ८–

चितवनमा मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।

पूर्वीचितवनको कालिका नगरपालिका–६, स्थित भित्री सडक खण्डमा आज (सोमबार) विहान १ बजेको समयमा कमलपुरबाट स्वामीपुर तर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएको अन्दाजी ३२ वर्षीय पुरुषलाई तत्काल भरतपुर अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा विहान २ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ती पुरुषको सनाखत भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>