Breaking News

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० पुग्यो

Banner

लन्डन,असार ७-

कोरोना भाइरसको संक्रमणका कारण यो हप्ता विदेशमा रहेका थप तीन नेपालीको मृत्यु भएको छ। गएको हप्ता संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शून्य रहे पनि यो हप्ता थप तीनजनाको मृत्यु भएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।

योसँगै विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ३० जना पुगेको छ । यो हप्ता ज्यान कुमाउने तीनै नेपाली कतारमा थिए । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार यो हप्ता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । संयोजक डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चारजना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालका ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>