अन्तर्राष्ट्रिय

ब्राजिलमा एकैदिनमा ५४ हजार कोरोना संक्रमित थपिए, संक्रमितको संख्या दश लाख नाघ्यो

Banner

ब्रासिलिया,असार ६-

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५४ हजार ७७१ पुगेको छ भने यो अवधिमा करिब एक हजार छ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ब्राजिलमा मृत्यु हुनेको सङ्ख्या ४८ हजार ९५४ पुगेको छ । ब्राजिलमा उपचारपछि निको हुने कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख सात हजार करिब ५० प्रतिशत पुगेको मन्त्रालयले जानकारी गराएको छ ।रासस-एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>