अन्तर्राष्ट्रिय
चीनले रिहा गर्यो झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिक
०

काठमाडौं, असार ५-
भारत-चीन क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन् ।
सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ।
दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको हो।
त्यस रात भएकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए ।
त्यसको तीन दिनमा चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हाे। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।
त्यस क्रममा चीनतर्फ के कति क्षति भयाे भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएकाे छैन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























