अन्तर्राष्ट्रिय
अमेरिकामा २४ घण्टामा थपिए २५ हजार कोरोनाका नयाँ संक्रमित
०

काठमाडौं,असार ४ –
कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । विहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८०७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























