खैरहनी

चितवन खैरहनीका किसानलाई अनुदानको कृषि यन्त्र उपकरण हस्तान्तरण

Banner

चितवन,असार ३-

पूर्वी चितवनका किसानलाई अनुदानको कृषि यन्त्र उपकरण हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत पकेट क्षेत्रका किसानलाई पचास प्रतिशत अनुदानका कृषि सामाग्री हस्तान्तरण गरिएको हो । मनकामना बिउ उत्पादक कृषक तरकारी पकेट संचालक समूह र मिलिजुली तरकारी पकेट संचालन समूह खैरहनी १२ कुमरोजका किसानलाई कृषि ज्ञान केन्द्र मार्फत सामाग्री हस्तान्तरण गरिएको छ ।

किसानलाई दुई वटा ट्याक्टर, स्पेयर, प्लष्टिक रोल, उच्च प्रविधियुक्त नर्सरी लगाएतका कृषि सामाग्री अनुदानमा प्रदान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताए । उनले खैरहनीमा दुुईवटा तरकारीको पकेट क्षेत्र संचालन गरिरहेको जानकारी दिए । सरकारको अनुदान सहयोग पश्चता उत्पादनमा थप बृद्धी हुने ढकालले विश्वास व्यक्त गरे । समूहमा भएको कामले प्रतिफल दिने भन्दै उनले महिलाहरुको सहभागिता उत्साहाजनक भएको बताए । अनुदान दोहोरो हुन नदिन सचेत रहेको भन्दै उनले रज्यको रकम दुरुपयोग हुन नदिन सबै चनाखो हुनुपर्ने बताए । सहकारी मार्फत दिइएको अनुदान नागरिकका लागि भरपुर उपयोग हुनुपर्ने उनको भनाई छ । पकेट क्षेत्रमा ६० भन्दा बढि किसान आबद्ध छन् ।

कृषि सामाग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले संकटले पाठ सिकाएको भन्दै कृषि मार्फत आत्मनिर्भर बन्नुपर्ने बताए । उनले तीन तहको सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको जानकारी दिए । लकडाउनको समयमा सबैभन्दा कम प्रभाव परेको क्षेत्र कृषि हो,उनले भने,कृषिको महत्व बल्ल बुझ्न थालिएको छ । उनले बाहिरबाट मान्छे नल्याइ यहिँका मानिसलाई कृषि कर्ममा लगाउनुपर्ने बताए ।

कृषिमा यान्त्रिकिकरण हुनुपर्ने भन्दै उनले उच्च मनोबलका साथ काम गर्न किसानलाई आग्रह गरे । लकडाउनको समयमा किसानलाई परेका समस्या समाधानका लागि आफुले सक्दो भूमिका खेलेको उनले बताए ।

कार्यक्रममा खैरहनी नगरपालिकाकी उपप्रमुख सुनिता थपलियाले स्थानिय सरकारले पनि कृषि क्षेत्रलार्ई प्राथमितामा राखेको बताइन । उनले किसानलाई ढुक्कका साथ काम गर्ने वातावरण बनाउन नगरपालिकाले भूमिका खेल्ने बताइन । कार्यक्रममा वडाध्यक्ष टिकाराम तिमिल्सीना, कृषि ज्ञान केन्द्रका योजना अधिकृत ओमराज अर्याल, लोख अधिकृत कृष्ण हरी पण्डित लगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>