अन्तर्राष्ट्रिय
चीनसँगको तनावपछि भारतका प्रधानमन्त्री मोदीले बोलाए सर्वदलीय बैठक
०

काठमाडौँ, असार ३
लद्दाखस्थित चीनसँगको सीमाक्षेत्र गलवान घाँटीमा चिनियाँ सेनासँगको भिडन्तका क्रममा २० जना भारतीय सैनिक मारिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् ।
शुक्रबार साँझ ५ बजे बोलाएको भर्चुअल बैठकमा सबै पार्टीका अध्यक्षहरूले भाग लिनेछन् । भारतीय सैनिक मारिएको घटनापछि विपक्षी भारतीय कांग्रेसले लगातार सीमाक्षेत्रमा भएको घटनाको वास्तविकता जानकारी गराउन माग गर्दै आएको छ ।
भारतका अन्य राजनीतिक दलहरूले सीमाका विषयमा सरकारले गर्ने हरेक निर्णयको समर्थन गर्ने बताएका छन् । यसअघि चीनले बुधबार नै गलवान घाँटी सधैँ चीनको स्वामित्वमा रहेको भन्दै सो क्षेत्रमा थप युद्ध नचाहेको स्पष्ट पारेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























