अन्तर्राष्ट्रिय
कोरोना संक्रमण झन् बढ्दैछ, दिनमै लाख संक्रमित थपिन थाले : डब्लूएचओ
०

काठमाडौं, असार २-
पछिल्ला दुई सातायता विश्वमा हरेक दिन १ लाखका दरले कोरोना संक्रमित थपिइरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ।
जेनेभामा आयोजित नियमित प्रेस ब्रिफिङमा डब्ल्यूएचओका महानिर्देशक डा. अधानोम टेड्रोसले २ सातायता कोरोना संक्रमण झनझन् बढ्दै गएको बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले भने ‘हरेक दिन १ लाख नयाँ केस थपिएको रिपोर्टिङ हामीलाई प्राप्त भइरहेको छ, जसमा ७५ प्रतिशत हिस्सा १० देशको मात्रै छ,’ उनले भने, ‘त्यसमा पनि विशेषगरी अमेरिका र दक्षिण एसियाका छन्।’
कोरोना नियन्त्रण भइसकेको चीनमा ५० दिनपछि बेइजिङमा गत हप्ता नयाँ क्लस्टर देखिएको बताउँदै उनले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘यसको अर्थ कोरोना नियन्त्रण गर्न सक्ने क्षमता भएका देशमा पनि पुनःसंक्रमण हुने जोखिम उत्तिकै छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























