चितवन विशेष

चितवनको माडीमा माछा मार्न गएका युवकको मृत्यु

Banner

चितवन,असार १-

चितवनको माडीमा माछा मार्न पोखरीमा गएका एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ७ गोपालनगरका २२ बर्षिय गौरब थापाको मृत्यु भएको हो । स्थानिय दिपेन्द्र कुशुवारको माछा पोखरीमा साथिहरुसंगै माछा मार्न उनको शनिवार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका इनिस्पेक्टर हर्क विश्वकर्माले जानकारी दिनुभयो । उनको मृत्यु पोखरीमा डुवेर वा अन्य कारणले भएको भन्ने नखुलेको उहाँले बताउनुभयो । थापाको शव घरमा ल्याएपछि मात्रै स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

थापासंगै माछा मार्न गएका अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>