कालिका

चितवनका पत्रकारको रु तीन लाखको दुर्घटना बीमा

Banner

चितवन,जेठ ३२-

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आफ्ना सदस्य र क्रियाशील पत्रकारको दुर्घटना बीमा गरेको छ । कालिका नगरपालिकाको संयोगमा असार १ गतेबाट लागू हुने गरी २५७ जना पत्रकारको दुर्घटना बीमा गरेको हो ।

दुर्घटना बीमाका लागि महासङ्घ र नगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट अध्यक्ष राधेश्याम खतिवडा र नगरपालिकाका तर्फबाट प्रमुख खुमनारायण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । उहाँले यस वर्ष रु एक लाख बीमाका लागि सहयोग गरिएको बताउनुभयो ।

यस रकमलाई नगरपालिकाको बजेटमा राखेर आगामी वर्षमा यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “जिल्लामा काम गर्ने पत्रकारका लागि सधैँका लागि दुर्घटना बीमा कालिका नगरपालिकाले गर्ने गरी नीतिगत निर्णय गर्दैछौँ ।” महासङ्घका अध्यक्ष खतिवडाले पत्रकारहरुको दुर्घटना हुँदा रु तीन लाख पाउने र घाइते भएमा रु ३० हजारसम्मको उपचार खर्च पाउने गरी बीमा गरिएको बताउनुभयो ।

महासङ्घले आफ्ना सदस्य र क्रियाशील पत्रकारहरुको कोरोना बीमा प्रेस रजिष्ट्रार कार्यालय हेटौँडासँग सहकार्य गरी यसअघि नै गरिसकेको छ । जिल्लामा पाँच दैनिक पत्रिका, चार टेलिभिजन, २२ एफ एम रेडियो, २४ अनलाइन र १३ वटा साप्ताहिक पत्रिका रहेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>