Breaking News

निजी प्रयोगशालामा पनि कोरोना परीक्षण गर्न पाइने, खर्च सरकारले व्यहोर्ने

Banner

चितवन, जेठ ३२–

सरकारले अबदेखि निजी प्रयोगशालाहरूलाई पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज प्रेस ब्रिफिङमा सो कुराको जानकारी दिएका हुन् । डा.गौतमका अनुसार अब स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने छ । उनले निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने सबै खर्च स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने जानकारी दिए ।

पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९ वटा निजी प्रयोगशालाहरूले परीक्षणको लागि आवदेन दिएका थिए। तर कुन–कुनलाई परीक्षण गर्न दिने हो त्यसको टुंगो लागेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>