Breaking News

चितवनमा युवाहरुको प्रदर्शनः ‘स्थानीय सरकार कहाँ छ ? कोरोना अस्पताल ताल छ’ (फोटोफिचर)

Banner

चितवन, जेठ ३२–

केही दिनअघि भरतपुरको चौविसकोठी चोकमा स्वतस्फूर्तमा युवाहरुले गरेको प्रदर्शनले सबैको ध्यान केन्द्रीत गर्‍यो । आज (आइतबार) पनि त्यस्तै प्रदर्शन चौविसकोठीमा देखियो । भ्वाइस अफ चितवन नामक समूहबाट सडकमा उत्रिएका युवाहरुले आज पनि सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

केहीदिनको आन्दोलनमा संघीय सरकार केन्द्रीत आन्दोलन गरेका युवाहरुले आज चितवनको स्थानीयस्तरमा भइरहेका घटनालाई समेट्नै सांकेति बिरोध गरे । बिरोध कार्यक्रममा सहभागि भएका एक व्यक्तिको प्ले कार्डमा लेखिएको थियो–‘स्थानीय सरकार कहाँ छ ? कोरोना अस्पताल ताल छ’ । केहीदिन अघि भरतपुर कोरोना विशेष अस्थायी अस्पताल भित्र वार्डमा शौचालयको पानी छरपष्ट बगेको भिडियो कोरोना संक्रमितले नै सार्वजनिक गरेका थिए ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुले ‘के अब राम राम भन्दै अदुवा चपाउँदै बस्ने हो ?, ‘सारा नेपाली सिड्नीमा बजेट गयो किड्नीमा’, ‘मेरो सरकार दायित्व पुरा गर’, ‘नेपाली तकारीलाई बजार देऊ भारतको आयात बन्द गर’लेखिएको प्ले कार्ड बोकेर मौन प्रदर्शन गरेका हुन् । आन्दोलनमा सहभागि युवा अच्युतराज भट्टले सरकारलाई जगाउनका लागि सांकेतिक रुपमा प्रदर्शन गरिएको बताए ।

उनले महामारीको नाममा चुप लागेर बस्दा सरकार झनै भ्रष्टचारमा लिप्त भएकाले भौतिक दुरी कायम गरी शान्तिपूर्ण प्रदर्शन गरिएको बताए । कोरोना भाइर नियन्त्रणमा सरकार गम्भिर रुपमा नलागेको भन्दै युवाहरु स्वतस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

भरतपुरको चौविसकोठी चोकमा आज विहान ११ बजेदेखि एक घण्टा प्ले कार्ड बोकेर सांकेतिक बिरोध प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>