Breaking News
संसदमा सरिता गिरी बोल्न खोजेपछि होहल्ला,संसद भवन बाहिर निस्किइन
०

काठमाडौँ,जेठ ३१ –
संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसदमा बोल्न पाइनन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गरेका हुन् ।
सांसद गिरी संसदको प्रक्रिया सुरु भए लगत्तै सांसद गिरी बोल्नका लागि उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए ।
सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















