प्रवास

कतारबाट ५ हजार ११२ जना नेपाली स्वदेश फर्कने

Banner

काठमाडौं,जेठ ३१–

कतारबाट ५ हजार १ सय १२ जना नेपालीहरू स्वदेश फर्किने भएका छन् । नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरणअनुसार रोजगारी गुमाएका, जटिल स्वास्थ्य अवस्था भएका, आफन्तको मृत्यु भएपछि शोकमा परेका नेपाली, अध्ययन समाप्त भएका विद्यार्थीसहित ५ हजार ११२ जना नेपाली स्वदेश फर्किन लागेका हुन् ।

उनीहरूलाई जुन १६, १७, २० र २२ तारिखमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडानहरुबाट स्वदेश फर्काइने दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>